काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद् पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले भारतीय सांसदले नेपालको सगरमाथा भारतको भनेर भन्दा बीपी कोइरालाले भारतको संसदमा गएर जवाहरलालनेरुलाई माफी माग्न बाध्य पारेका थिए ।

अहिले भारतीय जनता पार्टीका नेता कीर्ति आजादले जनकपुरको विषयमा दिएको अभिव्यक्तिले नेपालको सार्वभौमिकतामाथि हस्तक्षेप भएको र उनले माफी माग्नुपर्ने बताए । सांसदले बोलेको कुराप्रति सरकार मौन बसेको छ ।

दलबल सहित भारतीय सेनालाई नेपालमा प्रवेश दिइएको भन्दै आपत्ति जनाए । यसले गर्दा नेपाली सुरक्षाकर्मीको मनोबल गिरेको बताएका छन्।


नेपाली सेनाले विश्वमा बहादुरीको पहिचान बनाएको छ र नेपाली सेना शान्ति सेनामा छैटौँ स्थानमा पर्छ प्रधानले भने, नेपालको सुरक्षा निकायलाई कम्जोर हुनेगरी दलबलसहित भारतीय सेना आउनु आपत्तिपूर्ण हो ।

मोदी भ्रमणका क्रममा भएको १६ बुँदे संयुक्त वक्तव्यमा नाकाबन्दीको घाउबारे एक शब्द पनि नराखिनु दुभाग्पूर्ण हो।
प्रधानले भारतीय प्रधानमन्त्री मोदी आउँदा निषेधित क्षेत्रमा फोटो खिचिएको तथा नेपालका पत्रकारलाई निधेष गरिएकोप्रति आपत्ति जनाए ।