सिन्धुलीः जेठ २१ गते सर्वोचले बीपी राजमार्गमा ठूला सवारी साधन नचलाउन भन्दै रोक लगाएपछि आन्दोलमा रहेका स्थानियबासीले आज बिरोध स्वरुप अर्धनग्न जुलुस निकालेका छन् ।

विगत ७ दिनदेखि आन्दोलमा रहेका मन्थलीबासी ठूला सवारी साधन चलाउनु पर्ने भन्दै आन्दोलका उत्रिएका छन् । उनीहरुले मन्थलीको बीपी चोकबाट बसपार्क सम्म अर्धनग्न जुलुस सहित नारा लगाएका हुन् ।

व्यवसायी र स्थानियहरुको सभागिता रहेको उक्त आन्दोलमा दैनिक उपभोग्य र निमार्ण समाग्रीको अभाव सिर्जना गरेर जनतालाई मारमा पार्न  खोजेको आरोप लगाएका छन् ।

स्थानिय प्रशासनसँग भएको छलफलमा यसको वैकल्पिक उपाए अपनाएर समस्याको समाधान गरिने बताएपनि लामो समयसम्म केहि निर्णय र निकास दिन नसकेको समेत उनीहरुको आरोप छ ।


बीपी राजमार्गमा बढी भरवहन भएका सवारी साधनलाइ रोक लगाउन परेको रिटमा सर्वोच्चका न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले जेठ २१ गते अन्तरिम आदेश जारी गर्दै बढी भरवहन क्षमताका ठूला सवारीलाइ रोक लगाएको थियो ।