काठमाडौंः चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको नेपाली यू–१९ राष्ट्रिय महिला टिमले आज दोस्रो खेलमा घरेलु टिम चीनसँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा थाइल्याण्डसँग २९ रनले पराजित भएको नेपाली टोलीले आज तुलनात्मक रुपमा कमजोर टोली चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

खेल चीनको संघाईमा हुनेछ ।

चीनविरुद्ध नेपाल सहज जितको खोजीमा हुनेछ ।

चीनपछि नेपालले बिहिबार म्यानमार र शुक्रबार मलेसियासँग खेल्नेछ ।


प्रकाशित मितिः बुधबार, कार्तिक २७, १०:२८