काठमाडौंः चीनमा जारी बी एण्ड आर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा आज नेपाली यू–१९ राष्ट्रिय महिला टिम मलेसियासँग पराजित भएको छ ।

सांघाईमा आज भएको खेलमा नेपाल मलेसियासँग ५ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १ सय १५ रनको लक्ष्य मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर पुरा गर्‍यो ।

मलेसियाकी मास एल्सा यास्मिनले अविजित ५८ रनको अर्धशतकीय इनिङ्स खेलिन् ।

नेपालकी लक्ष्मी साउद, कृतिका मरासिनी, कविता कुँवर र ईश्वरी बिष्टले १र१ विकेट लिईन् ।

यस अघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

नेपालकी राजमती ऐरीले ३७, कविता कुँवर र लक्ष्मी साउदले समान १९र१९ रन जोडिन भने डली भट्टले १६ रन बनाईन् ।


मलेसियाकी नुर अब्दुल समादले २ विकेट लिईन् ।

यो सँगै प्रतियोगितामा नेपालले चार खेलमा दुई जित र दुई हार व्यहोरेको छ ।

पहिलो खेलमा नेपाल यु–१९ महिला टोलि थाइल्यान्ड विरुद्ध २९ रनले पराजित भएको थियो भने दोश्रो खेलमा चिनलाई ८ विकेटले पराजित गरेको थियो । त्यसैगरी, तेश्रो खेलमा नेपालले म्यानमारलाई ३५ रनले पराजित गरेको थियो ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २९, १२:४५