काठमाडौंः सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।

कोरोना महामारीका कारण गत वर्षनै सकिनु पर्ने यो लिग ढिला गरि पुनः सुरु हुन लागेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आज ‘बी’ डिभिजन लिग अन्तर्गत बाँकी खेलको तालिका सार्वजनिक गरेको हो ।

कोरोना भाइरसको महामारीको कारण स्थगित ‘बी’ लिग फागुन ११ गतेबाट सुरु हुँदैछ । कोरोनाका कारण लिग गत वर्षको चैत ५ गतेबाट स्थगित भएको थियो ।

यसअघि ३२ वटा खेल भइसकेका छन् । अब ३३ औं खेल फागुन ११ गते हुने छ । सोही दिन लिगको ३४ औं खेल पनि हुने छ । ‘बी’ डिभिजन लिगका सबै खेलहरु एन्फा मैदान सातदोबाटोमा हुनेछन् ।


एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा मध्यपुर युथ एसोसिएसन र नयाँ बस्ति युवा क्लबबीच सवा १२ बजे प्रतिस्पर्धा हुनेछ । यसैगरी सोही दिन पुल्चोक र खुमलटार युवा क्लब साढे तीन बजे प्रतिस्पर्धा हुने छ ।

खेल तालिका :

No description available.

No description available.


प्रकाशित मितिः २०७७ साल माघ २७ गते मंगलबार, १९:५६