रुपन्देहीः बुटवल उपमहानगरपालिका–१२ मिलनपार्कमा आज बिहान मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नाम थर र ठेगाना नखुलेका अन्दाजी ४२ वर्षीय पुरुष रहेको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरीका अनुसार लु ३० प २३२१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घाइते भएको उनको उपचारको क्रममा प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।

मृतकको सनाखत हुँन बाँकी रहेको छ ।

 


प्रकाशित मितिः शुक्रबार, असोज १७, १३:२६