हेटौंडाः हेटौंडा उपमहानगरपालिका– १२ स्थित रहेको गुम्बाबाट बुद्धको मुर्ति चोरी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा स्थानीय २८ वर्षिय मिलन अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पदमपोखरीबाट खटिएको टोलीले अधिकारीलाई बुद्धको मुर्तिसहित बुधबार पक्राउ गरेको हो ।

घटनाको विषयमा आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीले जानकारी दिए ।

 


प्रकाशित मितिः शनिबार, असोज २५, ०८:४६