नुवाकोटः बुद्धको मूर्ति बिक्री गर्दै हिँडेका तीनजनालाई प्रहरी पक्राउ गरेको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुंगामा प्रहरीले आइतबार जाँच गर्ने क्रममा बरामद गरेको चार किलोग्राम तौलको बुद्धको मूर्तिसहित तीनजनालार्य पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।

नुवाकोटको विदुर नपा-९, तुप्चेका २४ वर्षीय सञ्जीव बानियाँलाई बा ६० प ३९०६ नम्बरको स्कुटरको डिकीमा लुकाएर बिक्रीका लागि लैजाँदै गरेको अवस्थामा  प्रहरीले बुद्धको मूर्ति बरामद गरेको हो

अनुसन्धानको क्रममा उक्त मूर्ति बिक्री गर्न संलग्न एकै स्थानका २२ वर्षीय सञ्जय तामाङलाई  प्रहरीले पक्राउ गरी कारबाहीका लागि सोमबार नुवाकोट प्रहरीलाई बुझाएको थियो ।


मूर्ति बिक्रीका लागि ग्राहक खोजेर पठाउने मुख्य योजनाकार सोही स्थानका २१ वर्षीय धनसिङ तामाङलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई मंगलबार अदालतमा मुद्दा दर्ता गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।