काठमाडौंः काठमाडौं उपत्यकामा एकैदिन ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४ सय ५४ सवारी चालक कारवाहीमा परेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाका विभिन्न स्थानबाट बुधबार मात्रै सो संख्याका सवारी चालकहरुलाई ट्राफिक प्रहरीले कारवाही गरेको हो ।

कारवाहीमा परेकाहरुमा मदिरा पिएर सवारी साधन चलाउने ८८ जना, लेन उल्लंघन गर्ने १ सय २४ जना, ट्याक्सी र कार मिटरमा नगई भाडामा मोलमोलाई गर्ने ३२ जना, जेब्रा क्रसिङमै सवारी साधन रोक्ने ४७ जना, टिपर कारबाहीमा २९ जना, सिसिटिभीमार्फत कारबाही ६७ जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ३ सय १५ जना, अनावश्यक हर्न बजाउने ५४ जना, ब्हील लकबाट १ सय ४९ जना र अन्य १ हजार ५ सय ४९ जना गरी जम्मा २ हजार ४ सय ५४ सवारी चालक रहेका छन् ।


यसैगरी काठमाडौं उपत्यकामा बुधबार ४४ वटा सवारी दुर्घटना भएको महाशाखाले जनाएको छ । सो दुर्घटनामा १ जनाले ज्यान गुमाएका छन् भने १ जना गम्भीर घाइते र ३२ जना सामान्य घाइते भएका छन् ।

महाशाखाका अनुसार बुधबार १४ हजार ३ सय ६१ सवारी साधनबाट ८९ हजार ३ सय १५ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १३ हजार २ सय ५१ सवारी साधनबाट ८५ हजार ३ सय ३२ जना यात्रु बाहिरिएका छन् ।


प्रकाशित मितिः बिहीबार, फागुन १, ०६:४८