काठमाडौंः बुधबार मात्रै विभिन्न नाकाबाट ४ हजार ५३१ सवारी साधन काठमाडौं भित्रिएका छन् भने ४ हजार ४६६ सवारी साधन काठमाडौंबाट बाहिरिएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

यसैगरी, १९ हजार ६८८ जना यात्रु काठमाडौं उपत्यका भित्रिएका छन् भने १९ हजार ७८६ जना यात्रु उपत्यकाबाट बाहिरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा ३३ ओटा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने २९ जना घाइते भएका छन् ।

जोरबिजोरको उल्लंघन गर्ने १५५ वटा सवारी साधनलाई आज उपत्यकाबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा २ पाङ्ग्रे १५५ ओटा र ३० ओटा ४ पाङ्ग्रे रहेका छन् ।



प्रकाशित मितिः बिहीबार, असोज २२, २०७७, १०:४८