काठमाडौंः मादक पदार्थ सेवन गरेका बुबाले बञ्‍चरो प्रहार गरी आफ्नै छोरीको हत्या गरेका छन् । झापाको शिवसताक्षी नगरपालिका ९ दुधे बस्ने ४६ वर्षीय भीमबहादुर ठटालले २६ वर्षीय छोरी रेखाको हत्या गरेको प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।

प्रहरी कायार्कालयका अनुसार मादक पदार्थ सेवन गरी घर पुगेका बुबा भीमबहादुर र (झडकेलो) छोरी रेखा बिच घरायसी विवाद भएको थियो । विवादकै क्रममा बुबा भीमबहादुरले बिहीबार राति साढे ८ बजेको समयमा बञ्‍चरोको विडले छोरी रेखाको टाउको प्रहार गरेका थिए । बुबाको कुटाइबाट गम्भीर घाइते भएकी रहेको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा शुक्रवार बिहान मृत्यु भएको हो ।


घटनापश्चात् प्रहरीले बुबा भीमबहादुरलाई नियन्त्रणमा लिएको छ ।


प्रकाशित मितिः शुक्रबार, फागुन २, १५:१७