काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनबाट नेपाल ल्याउन लागिएका नेपालीहरुको लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन् ।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले ८६ जना स्वास्थ्यकर्मीलाई तालिम दिइसकेको जानकारी दिँदै नेपाल आउने नेपालीहरुलाई विमानस्थलदेखि यातायातका साधानमा लगिने बताए ।

क्वारेनटाइनमा समेत पाँचवटा स्वास्थ्य डेष्क रहने भन्दै उनले क्वारेनटाइनमा बसेकाहरुलाई रुघाखोकी, ज्वरोको लक्षण देखिनासाथ स्वास्थ्य डेष्कमा सम्पर्क गर्नुपर्ने बताए ।

उनीहरुलाई १४ दिनदेखि १८ दिनसम्म आफन्तसँग भेटघाट गर्न दिइने छैन ।


। रुघाखोकी, ज्वरो आएका व्यक्तिलाई तत्काल एम्बुलेन्स मार्फत आइसोलेसन भएका अस्पतालमा ल्याइने छ । क्वारेनटाइनमा एम्बुलेन्सको व्यवस्था गरिएको हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।


प्रकाशित मितिः बिहीबार, फागुन १, ०७:०७