काठमाडौं: बूढानीलकण्ठ मन्दिरबाट शिवपुरी राष्ट्रिय निकुञ्ज जाने बाटो छिर्नासाथ ढुंगा र रोडा बाटोभरी बिछ्याइएको जस्तो देखिन्छ । हाल सालै कुनै कार्य गर्नकालागि ति ढुंगा र रोडा बिछ्याइएका भने होइन, करिब तिन बर्ष अगाडीबाट सुरुभएको सडक निर्माण तथा विस्तारका क्रममा माथिबाट बगेर आएका हुन् ।

त्यहीं बाटो भएर दैनिक ३ हजारको हारारिमा ( दुइतर्फी बाटोलाई गन्दा ) स्थानीय साथै आन्तरिक र बाह्य पर्यटक आवतजावत गर्ने गर्दछन् ।

बूढानीलकण्ठ नगरपालिका अन्तर्गत बूढानीलकण्ठ मन्दिरको पुर्ब तर्फबाट शिवपुरी राष्ट्रिय निकुञ्ज जाने सडक बिस्तार गर्ने भन्दै २०७२ सालको मङ्सिर महिनाबाट २ बर्ष भित्रमा काम सम्पन्न गर्ने गरि स्वच्छन्द र पञ्चकन्या जे. भि. कम्पनिसंग सरकारको सम्झौता भएको थियो ।


। तर, हालसम्म आइपुग्दा ६५ प्रतिशत मात्र काम सम्पन्न भएको छ । शिवपुरी राष्ट्रिय निकुञ्ज जाने उक्त निर्माणाधीन सडकमा दैनिक जसो सवारी साधन दुर्घटनामा पर्ने गर्छन् भने बटुवा समेत चिप्लेर लड्ने गर्छन् ।

स्थानीय बासिन्दा श्रीकृष्ण भण्डारीले भने ‘स्थानीय र बाह्य पर्यटक गरि दैनिक ३ हजार भन्दा बढी मानिसहरु ओहोर-दोहोर गर्ने गर्दछन्,यसरि आवत जावत गर्ने क्रममा हरेक दिन कुनै न कुनै दुर्घटना भएकै हुन्छ ।, कहिले ठुला सवारिसाधन नै खाडलमा परेर फस्ने गर्छन् भने बढी मात्रामा साइकलिङमा आउनेहरु र मोटरसाइकल दुर्घनटनामा पर्ने गर्दछन् । दुर्घटनामा परि आजसम्म धेरै घाइते भएका छन्, बाटो उकालो रहेको र ढुंगा बढी रहेको हुँदा सोहि ठाउँमा नै बढी दुर्घटना हुने हुनाले दुर्घटनामा अल्लि जटिल खालका घाइते समेत हुने गरेका छन्’। अझ बर्षा याममा यस्ता दुर्घटनाको संख्या बढ्ने गरेका छन् । सम्झौता गरेको कम्पनीले समयमा काम नगर्दा पनि सरकार आँखा चिम्लेर बसेको भन्दै स्थानीय आक्रोशित रहेको पनि भण्डारीले बताए ।

ठेकेदारको गैर जिम्मेवारीपूर्ण काम र सकारको अनुगमन नभएका कारण यस्तो अवस्था सृजना भएको भन्दै स्थानीय आक्रोशित भएका हुन्, उनीहरुले ठेकेदार मात्र यसको कारण रहेको देखाउन खोजेको समेत बताएका छन् । यदि ठेकेदारकै कारण हो भने पुरानो सम्झौता खारेज गरि नयाँ प्रक्रियाबाट अगाडी बढ्नु पर्ने स्थानीयको माग छ ।

कुनै पनि ठाउँ नगरपालिका घोषणा भैसकेपछि नगरपालिका भित्र रहेका घना बस्ती अन्यत्र स्थानान्तरण गर्न नसकिने अवस्थामा कम्तिमा ६ मिटर सम्म र त्यो भन्दा माथि ८/९ मिटर सम्म चौडा गराउन सकिने प्राबधान रही आएकोछ । साथै प्रस्तावित राजमार्गसंग जोडिन जाने सडकको सम्बन्धमा कम्तिमा ११ मिटर चौडा बनाउनु पर्ने प्राबधान छ । त्यस्तै खोलाको छेउ पर्ने सडकको अवस्थामा कम्तिमा साढे चार मिटर खोलाको भाग छाडेर सडक बिस्तार गर्नु पर्ने बताइएको छ । तर हाल पनि यस क्षेत्रमा भैरहेको सडक बिस्तारका क्रममा कतिपय ठाउँमा खोलाको भाग नै नछोडी पर्खाल लगाइएको छ ।

बिच सडकबाटै बग्छ ढल

सडक बिस्तारको कामलाई अगाडी बढाउने भनेर काम सुरु गरेपनि ढल निकासीको कुनै पनि काम नगरिएकाले ढल बिच सडकबाटै बग्ने गरेको छ । यसरि बिच सडक बाटै बग्ने ढलका कारण दुर्गन्ध समेत फैलिएको छ । हरेक दिन सवारीसाधन साथै पैदल यात्रु यहि ढल भएर हिड्नु पर्ने बाध्यता छ । ढलकै कारण पनि दुर्घटना बढेको स्थानीय बताउछन् । सडक बिस्तार संगै ढल निकासको काम नहुँदा उक्त सडक प्रयोगकर्ताहरुलाई निकै कठिन भैरहेको छ । यता पनि सकारको आँखा पुग्न सकेको देखिएको छैन।

जनशक्ति अभाव: बहाना

सम्झौता अनुसार २ बर्ष भित्र काम सम्पन्न गर्ने भनेपनि २ बर्ष ७ महिना बितिसक्दा जम्मा ६५ प्रतिशत मात्रकाम भएको छ । सम्झौता भएको सुरुसुरुमा राम्रै तबरले काम अगाडी बढेपनि बिचमा आएर काम रोकिएजस्तै भएको छ । ५/७ जनाको संख्यामा कामदार लगाएर झारा टार्ने हिसाबबाट गरेको देखिएको छ। काम गर्ने जिम्मा पाएको कम्पनि स्वच्छन्द र पञ्चकन्या जे. भि. ले भने हाल आएर जनशक्ति अभाव रेहको बताएको छ।

स्थानीय भन्छन्: पैसाले अनुगमन रोक्यो

सडक बिस्तारको कामलाई तिब्रता दिंदै समयमै सम्पन्न गर्नका लागि स्थानियहरुले विभिन्न निकाय संग कारबाहीको माग गरेपनि परिणाम भने शुन्य नै रहेको छ । कमिसनको कारण अनुगमनका लागि अनुगमन टोलि आउन र स्थानीय निकायबाट समेत यस बिषयमा कामकारबाही अगाडी बढाउन ढिलासुस्ती भएको आरोप स्थानीयको रहेको छ । उनिहरुले बारम्बार कारबाहीको माग गरेपनि आजसम्म कुनै किसिमको कारबाही भएको छैन । सडक डिभिजन कार्यालयलाइ समेत बारम्बार यस विषयमा जानकारी गराएपनि कारबाही गरिने आस्वासन मात्र दिएर पठाउने गरेको स्थानीयले बताएका छन् ।

काम निष्कर्षमा पुर्याउने छु: जनप्रतिनिधि, गगन थापा

बूढानीलकण्ठ तथा काठमान्डौ क्षेत्र नम्बर ४ का जनप्रतिनिधि गगन थापाले कामलाई आफुले निष्कर्षमा पुर्याउने दाबि गरेका छन् । चाबहिलस्थित जनप्रतिनिधिको कार्यालयमा भएको छलफलका क्रममा आफुले नै कामलाई निष्कर्षमा पुर्याउने दाबि गरेका हुन्। बिगत केहि समय देखि ठेकेदार राम अवतार शाह सम्पर्कमा नआएको र पटक-पटक ताकेता गर्दा समेत सडक निर्माण तथा बिस्तारको जिम्मा पाएको उक्त कम्पनी पन्चकन्या जे. भि. को अन्य कुनै प्रतिनिधि समेत सम्पर्कमा नआएपछि स्वछन्द निर्माण कम्पनीका जयराम लामिछाने संग गरिएको छलफलका आधारमा अझै पनि कामले तिब्र गति नलिए पञ्चकन्या कम्पनी संगको बैंक ग्यारेन्टी जफत गरी स्वछन्द निर्माण कम्पनी आफैले पुन काम गराउने गगन थापाले दाबी गरेका हुन्।

 

-आशिष पौडेल