काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राष्ट्रियता र प्रजातन्त्रलाई बलियो बनाउन बृहत् प्रजातान्त्रिक मोर्चा निर्माणको आह्वान गरेका छन् ।

अध्यक्ष थापाले आज ट्विट गर्दै देशमा भइरहेको ब्रह्मलुट, सर्वसत्तावाद, धर्म परिवर्तन, विदेशी चलखेल पराजित गर्न तथा राष्ट्रियता र प्रजातन्त्र बलियो बनाउन मोर्चा निर्माणको आह्वान गरेका हुन् ।

थापाले ट्विटरमा लेखेका छन्, ‘सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न सम्पूर्ण देशभक्त र प्रजातन्त्रवादीहरूले संयुक्त मोर्चा बनाएर जानुको विकल्प छैन । बृहत्तर प्रजातान्त्रिक मोर्चा निर्माणका लागि आह्वान गर्दछु ।


।’

 


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १६:१८