म्याग्दी : कालीगण्डकी नदीमा जिप खस्दा बेपत्ता भएका भनिएका चालक एक सातापछि सम्पर्कमा आएका छन् ।

बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–१, तिप्ल्याङमा जिप सडकबाट करीब ३० फिट तल कालीगण्डकीमा खस्दा असार १४ गते दिउँसो चालक बेनी नगरपालिका–९ का ३१ वर्षीय रवि ९इन्द्रबहादुर० खड्का र घराम्दीकी २० वर्षीया सविता नेपाली बेपत्ता भएका थिए ।

कालीगण्डकी नदीमा जिप खसेर दुर्घटना भएपछि वर्षाका कारण पानीको बहाव बढेका कारण दुवैजनालाई बगाएर बेपत्ता बनाएको प्रारम्भिक अनुमान गरिएको थियो । तर दुर्घटना भएको छ दिनपछि बुधबार सो जिपका चालक खड्का प्रहरीको सम्पर्कमा आएका छन् ।


दुर्घटना भएको झण्डै एक सातापछि चालक पोखरातर्फ रहेको जानकारी पाएपछि आफन्तको सहयोगमा उनी प्रहरीको सम्पर्कमा आएपछि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनाग्रस्त जिपका चालक दुर्घटनापछि लुकेर एक सातापछि चालक प्रहरीको सम्पर्कमा आएपछि कालीगण्डकी नदीमा भएको जिप दुर्घटनाको रहस्य थप गहिरिएको र अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।