काठमाडौंः बेरोजगार युवायुवतीलार्इ रोजगार दिन प्रधानमन्त्री रोजगारी कार्यक्रम सुरु गर्न ३ अर्ब १० करोड रुपैयाँ विनियोजन गरिएको छ।

प्रस्तुत गरेको बजेटमा सबै विकास निर्माणका कामलार्इ एकीकृत गरेर रोजगारीमा सहभागी गराइने उल्लेख छ।

सरकारले शैक्षिक प्रमाणपत्र धितोमा ७ लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने र यस्तो ऋणमा सरकारले ५ प्रतिशत ब्याज अनुदान दिइने छ । विदेशबाट फर्किएका युवाहरुलाई सीपका आधारमा काम गर्नका लागि १० लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउने भएको छ।