काठमाडौंः बेलायतकी महारानी एलिजाबेथको स्वास्थ्य खराब भएपछि उनको मृत्यु पश्चात राखिने शोकसभाकालागि गोप्य तयारी गरिएको बताइएको छ ।

उनी केहि दिनदेखि बिरामी रहेको र अघिल्लो हप्ता सेन्ट पल क्याथेड्रलमा भएको समारोहमा भाग नलिएपछि यस्तो गोप्य तयारी गरेको बुझिएको हो ।

द सन्डे टाइम्स पत्रिकाले दाबी गर्दै लेखेको छ ‘बेलायती सरकारका केही मन्त्रीले महारानीको निधनपछि राखिने शोकसभाका लागि गोप्य तरिकाले अभ्यास गरिएको छ ।’ क्यासल डोभ नामक पूर्वाभ्यासमा अनेकौं मन्त्री र अधिकारी उपस्थित रहेकोपनि सो पत्रिकामा उल्लेख छ ।