काठमाडौंः बेलायती राजकुमार ह्यारीको आज विवाह हुँदैछ । राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच आज विवाह हुन लागेको हो ।

तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेम सम्बन्धमा थिए ।

बेलायतको सेन्ट जर्ज च्यापलमा आयोजना हुने विवाह समारोह हेर्न विन्जरका सडकमा सर्वसाधारणको भिड लागेको बीबीसीले जनाएको छ । विवाह समारोहमा कुनै पनि राजनीतिक ब्यक्तिलाई निम्तो दिइएको छैन ।

हेर्न यहाँ क्लिक गर्नुहोला