काठमाडौं: २०७२ भूकम्पले क्षति पुगेको एक सय १० वर्ष पुरानो बेलायती शैलीको गद्दी बैठक पुननिमार्ण गरिएको छ ।

अमेरिकी दूतावासको संस्कृति संरक्षण कोषको आर्थिक सहायतामा पुनर्निर्माण उक्त गद्दी बैठक भूकम्प प्रतिरोधी तरिकाबाट निमार्ण गरिएको हो। चन्द्र शमशेरले सन् १९०८ मा गद्दी बैठक बनाएका थिए ।

पुन निमार्ण गरिएको गद्दीको आज प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । उद्घाटनमा बोल्दै प्रधानमन्त्रीले हनुमान ढोका दरबार स्क्वायरस्थित जीर्णाद्वार सम्पन्न गद्दी बैठक भवनको उद्घाटनका क्रममा बुधबार उनले उक्त क्षेत्र नेपालको पौराणिक, ऐतिहासिक र सांस्कृतिक महत्वको भएको समेत बताए ।


प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनःनिर्माण अझ राम्रो बनाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै भने, “राजनीतिक संघर्षको युग सकेर हामी अब विकास र समृद्धिको यात्रामा छौँ ।” भूकम्प फेरि पनि आउन सक्ने भएकाले अबको पुनःनिर्माण थप गुणस्तरीय हुनुपर्ने उनको भनाइ थियो ।

अमेरिकी सरकारको सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसिपी)ले सात लाख अमेरिकी डलरको अनुदान प्रदान गरी मियामोटो ग्लोबल डिजास्टर रिलिफ तथा नेपाल सरकार पुरातत्व विभागसँगको साझेदारीमा भूकम्पबाट क्षतिग्रस्त गद्दी बैठकको प्रवलीकरण तथा पूर्ण जीर्णोद्धार गरिएको हो । पुनर्निर्माण कार्य नेपाली, अमेरिकी इन्जिनियर तथा प्राविधिक टोलिले आठ महिनामा नै सम्पन्न गरेका हुन्।