सुनसरीः धरान उपमहानगरपालिका–१३ मदन आश्रित मार्गस्थित नालीबाट बवारिसे अवस्थामा रहेको १ थान अटोमेटिक पेस्तोल, सोमा लाग्ने ५ राउण्ड गोली र १ थान म्यागजिन बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त स्थानमा शंकास्पत वस्तु छ भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले बेवारिसे अवस्थामा झोलाभित्र रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फाइल तस्विर


प्रकाशित मितिः २०७७ साल मंसिर १९ शुक्रबार, १६:१६