काठमाडौंः बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी भक्तपुरको भक्तपुर नगरपालिका–५ बस्ने ३८ वर्षीय कृष्णलाल ढोलालाई काठमाडौं अनामनगरबाट प्रहरीले आइतबार पक्राउ गरेको छ ।

बैंकिङ् कसूर मुद्दामा उच्च अदालत पाटनको २०७६ मङसिर २३ गतेको फैसलाले ९ दिन कैद र १० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले पक्राउ गरेको व्यूरोका प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी गंगा पन्तले जानकारी दिए ।

उनका अनुसार ढोलाले आफ्नो खातामा पर्याप्त रकम छैन् भन्ने जानि जानि पीडितलाई झुक्यानमा पारी ज्योति विकाश बैंक ललितपुर शाखाको चेक काटि दिएकोमा बैंकबाट खातामा पर्याप्त मौज्दात रकम नभएको हुनाले कुनै भुक्तानी नभई बैकिङ् कसूर जन्य अपराध गरेको ठहर गरी अदालतले उक्त कैद र जरिवाना फैसला गरेको थियो ।


उनलाई फैसला कार्यान्वयनका लागि आज जिल्ला अदालत भक्तपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल माघ १२ गते सोमबार, १७:४९