झापाः बैंकिङ कसूर मुद्दाका फरार रहेका झापा कन्काई नगरपालिका–३ बस्ने ५५ वर्षीय राजेन्द्र प्रसाद प्रसाईलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

फरक फरक व्यक्तिको जाहेरीले दर्ता भएका २ वटा बैंकिङ कसूर मुद्दामध्ये पहिलोमा उच्च अदालत विराटनगरको २०७६ पुस १४ गतेको फैसलाले १ महिना कैद र २५ लाख रुपैयाँ तथा दोस्रो मुद्दामा सोही अदालतको २०७६ पुस २१ गतेको फैसलाले १ महिना कैद र ९० लाख रुपैयाँ जरिवाना ठहर भई उनी फरार रहेका थिए ।

फरार रहेका प्रसाईलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा घर ठेगानामा फेला पारी पक्राउ गरेको हो ।


उनलाई जिल्ला अदालत झापामा उपस्थित गराईने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक १२ बुधबार, १७:२९