काठमाडौंः बैंकिङ कसूर मुद्दाका फरार काठमाडौं महानगरपालिका–९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रा.लि.का संचालक नागार्जुन नगरपालिका–४ घर भएका ५२ वर्षीय श्याम कुमार श्रेष्ठलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले नागार्जुन नगरपालिकास्थित सितापाइला सडक खण्डमा Asphalt Paving Works कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको १ करोड ३६ लाख १० हजार २ सय ८८ रुपैयाँ बराबरको चेक दिई बैंकिङ कसुर गरी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं सितापाइलाबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ ।
।
प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, २१:०६
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook