काठमाडौंः बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलपेसँग सहकार्य गरेको छ ।

सहकार्य सम्झौतामा बैंकका रिसर्च, प्रोडक्ट डेभलपमेन्ट एंड मार्केटिङ्ग प्रमुख रितेश लामिछाने तथा सेलकम प्रा. लि. का प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।

ग्राहकहरुले सेलपेमा आवद्ध गरि सकिएका अन्य बैंकमा वा त्यहाँबाट बैंक अफ काठमाण्डू लिमिटेड खातामा दर्ता गरिएको मोबाइल नम्बर मार्फत रकम स्थानान्तरण गर्न सक्ने छन् । ग्राहकहरुले सेलपे भुक्तानी सेवा रहेका स्थानहरुमा सेलपे मार्फत अन्य व्यापारिक भुक्तानी गर्न सक्नेछन् ।


यसमार्फत मोबाइलको टप–अप, बिजुलीको बिल, खानेपानीको बिल, इन्टरनेटको बिल, टि.भी हरुको बिल, स्वदेश भित्र गरिने रेमिट्यान्स पठाउन(पाउन, बिमा रकम भुक्तानी, EMI भुक्तानी, तथा शेयर कारोबारको भुक्तानी गर्न सकिने छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले बैंकिंग सेवा ९१ शाखाहरु, ७८ एटीएमहरु र १० एक्सटेंशन काउंटर मार्फत ग्राहकहरुलाई पुर्‍याउँदै आएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस १४ गते मंगलबार, १३:०३