काठमाडौंः रोयल च्यालेन्जर्स बैंगलोर युएईमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) टी–ट्वान्टी क्रिकेटको अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ ।

शेख जायद क्रिकेट स्टेडियममा शनिबार भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको हो ।

राजस्थानले दिएको १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरले १९ ओभरमा १ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्‍यो ।

बैंगलोरको जितमा कप्तान विराट कोहलीले ७२, देभदुत पड्डीकलले ६२, बी डी भिलियर्सले अविजित १२, आरोन फिन्चले ८ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले १र१ विकेट लिए ।


यस अघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

राजस्थानका लागि महिपाल लोमररले ४७, जोस बट्लरले २२, कप्तान स्टिभ स्मिथ ५, रोबिन उथप्पाले १७, रियान परागले १६, राहुल टेवाटियाले अविजित २४ र जोफ्रा आर्चरले अविजित १६ रन बनाए ।

बैंगलोरका युजभेन्द्र चाहलले ३, इसुरु उडानाले २ तथा नाभदिप सैनीले १ विकेट लिए ।

बैंगलोरले ४ खेलमा ६ अंक जोडेको छ । राजस्थानको यो दोसो हार हो । छैटौं स्थानको राजस्थानले ४ खेलमा ४ अंक जोडेको छ ।


प्रकाशित मितिः शनिबार, असोज १७, २०७७, २१:२२