बैतडीः दोगडाकेदार गाउँपालिका–३ मा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय नरेश विष्ट रहेका छन् ।

सुदुरपश्चिम प्रदेश ०१–००२ त ४९५७ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिँदा विष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २ गते बिहीबार, १३:४६