बैतडीः पाटन नगरपालिका–८ स्थित खोपडे बझाङ सडकखण्डमा भिरबाट ट्रक खस्दा परिचालकको मृत्यु भएको छ । यस्तै, दुर्घटनामा चालक भने घाइते भएका छन् ।

शनिबार साँझ दाङबाट बझाङ जाँदै गरेको ना ६ ख ४४५० नम्बरको ट्रक भिरबाट करिब ६०० मिटर तल खस्दा ट्रकका परिचालक डोटीका २० वर्षीय भुवन सुब्बाको घटनास्थलमै मृत्यु भएको हो ।

गम्भीर घाइते भएका चालक कैलालीका ३३ वर्षिय लवकुमार तामाङको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ ।

घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः आइतबार, असार १४, २०७७, १०:४१