बैतडीः सुर्नया गाउँपालिका–७ मा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बोलेरो चालक बझाङको बुंगल नगरपालिका–११ बस्ने २६ वर्षीय धन बहादुर बोहरा रहेका छन् ।
धनगढीबाट बझाङतर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जिप सडकबाट १ सय मिटर तल खस्दा उनको मृत्यु भएको हो ।
दुर्घटनामा परी घाइते भएका २ जनाको जिल्ला अस्पताल डडेलधुरामा उपचार भइरहेको छ ।
प्रकाशित मितिः २०७७ साल पुस ९ गते बिहीबार, १८:४९
तपाईको प्रतिकृया दिनुहोस्
Like us on facebook