बैतडीः बैतडीमा एक वडा सदस्य मृत भेटिएका छन् ।

मृत भेटिनेमा पुर्चौडी नगरपालिका–३ का वडा सदस्य ४५ वर्षीय गणेश पार्की रहेको प्रहरीले जनाएको छ ।

बिहीबार राति स्थानीय राताशिला मन्दिरमा जात्रा हेर्न गएका वडा सदस्य पार्की नगरपालिका १ स्थित राताशिला मन्‍दिरनजिक देवल भन्ने स्थानमा शुक्रबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

के कारणले पार्कीको मृत्यु भयो भन्नेबारे खुल्न सकेको छैन ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, १२:२५