काठमाडौंः बोनम्यारो रोगबाट पीडित दैलेखको भगवतीमाई गाउँपालिकाका दिनेश शाहीलाई मानेन्द्र चन्द ठकुरीले आर्थिक सहयोग गरेका छन् ।

११ वर्षीय बोनम्यारो जस्तो रोगबाट बिरामीका बुबा शारिरीक रुपले कमजोर हुँदा हुँदै पनि दैनिक मजदुरी गरेर आफ्नो परिवारको जीवन गुजारा गरिरहेका थिए । तर बुढेसकालको सहारा दिने ११ बर्षको सन्तान अहिले जिवन मरणको दोषदमा रहेको दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाहीबाट जानकारी पाएपछी मन थाम्न नसकी सहयोग गरेको दैलेख नौमुले गाउँपालिका–६ सल्लेरी आटा निवासी ठकुरीले बताए ।

सुशिल शाहीले अहिले बोनम्यारो रोगका कारण जिवन मरणको दोषादमा सिभिल अस्पताल मिनभवन रहेका छन् ।


। तर बिरामी शाहीको उपचार हुन सक्ने संम्भावना भने जिवीतै रहेको छ । संम्भावना जिवीत भएपनि आर्थिक अभावका कारण उपचार हुन नसक्ने पनि प्रवल सम्भावना रहेको छ । आर्थिक अभावका कारण उनको उपचार ढिलाई भएको छ ।

यहि कुरालाई मनन गर्दै बिरामी शाहीको नवजिवन पाउन सक्ने संम्भावना रहेको भन्दै ठकुरीले ५१ हजार १ सय ११ रुपैयाँ अस्पताल पुगेर हस्तान्तरण गरेका छन् । ठकुरीले ४१ हजार १ सय ११ रुपैयाँ र दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले पाँच/पाँच हजार रुपैया सहयोग गरेका हुन् । बिगत ४ बर्षदेखि अमेरिका बस्दै आएका समाजसेवी ठकुरी अहिले घर बिदामा नेपाल आएको बेला बिरामीलाई सहयोग गरेका हुन् ।

बिरामी शाही पैसा अभाव भएका कारण उनलाई अहिले भर्ना गरिएको छैन, गाह्रो भएपछि अस्पताल आउने गरेका छन् । आज बिरामीलाई अलि गाह्रो भएपछि अस्पताल आएको समयमा ठकुरीले रकम हस्तान्तरण गरेका हुन् । बिरामीको उपचारको लागि करीब ३० लाख हाराहारी लाग्ने अस्पतालले जनाएको छ । अहिलेसम्म उपचारको लागि पैसा नभएका कारण अस्पताल भर्ना गर्न नसकिएको बिरामीका कुरुवा अर्थात ठुलोबा यदि पैसा अमृत बिक्रम शाहीले बताए ।


प्रकाशित मितिः २०७७ साल माघ १२ गते सोमबार, १९:३१