काठमाडौंः बोरुसिया डर्टमण्ड जर्मन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा बोरुसिया मन्छेनग्लाडबाखलाई १–० ले पराजित गर्दै डर्टमण्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

डर्टमण्डका लागि जाडोन सान्चोले निर्णायक गोल गरे ।

खेलको ६६ औं मिनेटमा सान्चोले गोल गर्दै डर्टमण्डलाई जित दिलाएका थिए ।

यस्तै, खेलको इन्जुरी समयमा महमुद दाहुदले दोहोरो पहेँलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि डर्टमण्ड १० खेलाडीमा समेटिएको थियो ।


प्रकाशित मितिः २०७७ साल फागुन १९ गते बुधबार, १०:०२