काठमाडौंः ब्युटिसियन ट्यालेन्ट नेपाल–२०२० सिजन ३ को उपाधि चुम्न सफल सौन्दर्यकर्मी लिना डंगोलले आफ्नो नयाँ ब्युटिपार्लर सुरुवात गरेकी छिन् ।

ललितपुरको इमाडोल कमलपोखरी स्थित उनले ‘लिना ब्युटी जोन हेयर एण्ड मेकअप’ सञ्चालनमा ल्याएकी हुन् ।

रोज ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टरकी अध्यक्ष तथा बरिष्ट सौन्दर्यबिद सोनी काररंजितले सो व्युटिपार्लरको उद्घाटन गरेकी हुन् ।

रिवन काटेर ‘लिना ब्युटी जोन हेयर एण्ड मेकअप’ को उद्घाटन गर्दै बरिष्ठ सौन्दर्यबिद् कारंजितले लिना डंगोल बिगत लामो समयदेखि सौन्दर्यकर्मी पेशामा रहेर मेहनत र लगनशीलताको साथ् काम गर्दै आएकी र उनीमा एक सौन्दर्यकर्मीमा हुनु पर्ने सम्पूर्ण खुबी र दक्षता रहेको भन्दै उनको उज्जल भबिष्यको लागि शुभकामना व्यक्त गरिन् ।


त्यसैगरि संचारकर्मी सुर्य चन्दले केक काट्दै बधाई तथा शुभकामना दिएका थिए ।

‘लिना ब्युटी जोन हेयर एण्ड मेकअप’ अत्याधुनिक प्रबिधियुक्त गुणस्तरीय व्युटिपार्लर भएको सौन्दर्यकर्मी लिनाले उद्घाटन समारोहमा बताईन् । आफु लामो समयदेखि व्युटिसियन पेशामा आबद्ध भएको र ललितपुर इमाडोल क्षेत्रका व्युटिपारखीहरुका लागि यो पार्लर स्थापना गरेको पनि उनले बताईन् ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ३ सोमबार', १५:४५