झापाः दमकस्थित बेलडाँगीबाट लागुऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा दमक–८ का २१ वर्षीय विक्रम लम्जेल र मोरङको रतुवामाई नगरपालिका–८ का २२ वर्षीय रोशनकुमार मगराती रहेका छन् ।

१.३९० ग्राम ब्राउन सुगर र केही नगद सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

शनिबार राति पक्राउ परेका उनीहरुको साथबाट २ हजार ४ सय रुपैयाँ नगदसमेत बरामद गरेको र थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।


प्रकाशित मितिः २०७७ साल पुस २० गते सोमबार, १७:२६