काठमाडौंः पाँच पटकको विश्वविजेता ब्राजिल रुसमा जारी फिफा विश्वकप फूटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा सर्बियालाई २० ले पराजित गर्दै ब्राजिलले अन्तिम १६ मा स्थान पक्का गरेको हो । हारसँगै सर्बिया भने समूह चरणबाटै घर फर्किएको छ ।

ब्राजिलको जीतमा पउलिन्हो र थिएगो सिल्भाले गोल गरे । २६औं मिनेटमा पउलिन्होको गोलबाट लिएको अग्रता ६८औं मिनेटमा सिल्भाले दोब्बर पारेका थिए ।

यो खेल जितेमा अघि जानसक्ने अवस्थामा रहेको सर्बियाले भने खेल अवधिभर कुनै गोल गर्न सकेन ।


यसै समूह (ई) अन्तर्गतको अर्को खेलमा कोस्टारिकासँग २(२ को बराबरी खेल्दै स्विट्जरल्याण्डले पनि नकआउट चरणमा स्थान पक्का गरेको छ ।

यसअघि एक जीत र एक बराबरीको नतिजा निकालेको स्विट्जरल्याण्डलाई कोस्टारिकासँगको बराबरी ५ अंकसहित अघिल्लो चरणमा जान पर्याप्त भयो ।

नकआउट चरणमा अब ब्राजिलले समूह एफको उपविजेता मेक्सिको र स्विट्जरल्याण्डले समूह विजेता स्विडेनको सामना गर्नेछन् ।