काठमाडौंः शहिद स्मारक ए डिभिजन लिग खेलिरहेको ब्रिगेड ब्वाईज क्लबलाई नेपाल इन्भेस्टमेन्ट बैंकले साथ दिने भएको छ ।

क्लबलाई बैंकले प्रायोजक भएर साथ दिने भएको हो ।

दुवै पक्षबीच आज एक बर्षका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार बैंकले प्रायोजक भए बापत १२ लाख यस क्लबलाई प्रदान गर्नेछ ।


प्रकाशित मितिः शुक्रबार, पुस २५, १६:३१