काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुुसार आज काठमाडौंका २८ जना, ललितपुरमा १३, सुर्खेतमा ११, सर्लाही र तनहुँमा ८/८ जना, गुल्मीका ६ जना र धनुषा, महोत्तरी र पाल्पाका ४/४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, इलाम, पाँचथर, सिराहा, काभ्रे, रौतहट, बाग्लुङ, नवलपरासी र दैलेखका २/२ जना तथा रसुवा, डोटी, चितवन, बाँके, भक्तपुर, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रुपन्देही, मकवानपुर, धादिङ, कैलाली, गोरखा, बाजुरा, डोल्पा र सल्यानमा एक/एकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।