काठमाडौंः क्यानडामा ‘क्यानडा दिवस’को अबसरमा भक्तपुर सिपाडोलका अभिमन्यु बस्नेत क्यानडामा सम्मानित भएका छन् ।

बस्नेत बसोबास गर्दै आएका मिस्सिागा माल्टानका क्षेत्रका सांसद दीपक आनंदले क्यानडा दिवसको अवसरमा सरकारले दिएको ‘उल्लेखनीय नागरिक पुरस्कार–२०२०’ बाट सम्मानित भएका हुन् ।

विश्वमा महामारी कोभिड–१९ र बिगत १० बर्षदेखी निरन्तर बहु–सांस्कृतिक समुदायमा स्वयम सेवा गरे वापत स्थानीय सरकारसँग मिलेर काम गरेको भन्दै समाजसेवी एवं एनआरएनए अभियान्ता बस्नेतलाई सम्मान गरिएको हो ।

कोभिड–१९ का कारण ‘क्यानडा डे’ अबसरमा भर्चोवल मिटिङबाट ‘उल्लेखनीय नागरिक पुरस्कार–२०२०’ बाट सम्मानित गरिएको हो ।


उनले नेपालमा २०७२ सालको भूकम्प, दैवी प्रकोप (बाढी पहिरो) र कोरोना भाइरसको संक्रमणमा नेपालीहरुलाई अभिछिन्न रुपमा सहयोग गर्दै आएका छन् ।



प्रकाशित मितिः शनिबार, असार २०, २०७७, २०:३६