भक्तपुरः भक्तपुर नगरपालिका अनुगमन समितिले भार्वाचो, टेखापुखु, बंशगोपाल, देगमना र बाराही डोकाफल्चामा मासु पसलहरुको आज अनुगमन गरेको छ ।

ती क्षेत्रका पसलहरुको समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा अनुगमन गरिएको हो ।

कोरोना भाइरस (कोभिड १९) महामारी विश्वमा फैलिरहेको बेला अस्वस्थ्थकर मासुले पनि कोरोना भाइरसको जोखिम हुने भएकोले लकडाउनको अवस्थामा पसलको सररफाई भए नभएको, व्यवस्थित संचालन भए नभएको, मासु काट्न प्रयोग गर्ने औजारहरु, भाँडावर्तन सफा छ छैन, बासी सडेगलेको मासुजन्य बस्तुहरु छ छैन, रेफ्रिजेरेटर सफा छ छैन भनि मानु पसल अनुगमन गरेको संयोजक राज कृष्ण गोराले जानकारी दिए ।


अनुगमनको क्रममा हेरानानी शाहीको मासु पसल दर्ता नविकरण नगरेकोले दर्ता नविकरण गर्न, मासुको मनपरी मूल्य नलिन र मूल्य सूचि सबैले देख्ने गरी कुखुरा र राँगोको विभिन्न मासुको प्रकारको मुल्य सुचि राख्न र मनपरि मुल्य नलिन, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, साइनवोर्ड राख्न, मासु झिंगाले नभन्किने गरी जालीले छोपेर राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न र डिजिटल तराजु प्रयोग गर्न पटक पटक अनुगमनले अनुरोध गर्दा पनि सुधार नभएकोले ढक थान–२ जफत गरिएको छ ।

त्यस्तै, बाराही चिकेन शप एक हप्ता भित्र दर्ता गर्न, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि राख्न, पसल व्यवस्थित संचालन गर्न, सरसफाईमा ध्यान दिन, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, भुईं, भित्ता सफा गर्न मिल्ने गरि कार्पेट वा मार्वल राख्न, तराजु नापतौल विभागमा नविकरण गर्न अनुगमन टोलीले सुझाब दिएको छ ।

छोरी माया शाहीको मासु पसल पसल दर्ता नविकरण गर्न, साइनबोर्ड राख्न, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, मासुको मनपरी मूल्य नलिन र मूल्य सूचि राख्न, मासु जालिले छोपेर राख्न र ढक तराजु नापतौल विभागमा नविकरण गर्न सुझाब दिएको छ ।

यसैगरी मासु संसारमा माक्स, पञ्जा(ग्लोब) र सेतो एप्रोन प्रयोग गर्न, मासुको मनपरी मूल्य नलिने र मूल्य सूचि व्यवस्थित राख्न, फ्रिजमा राखी राखेको विग्रेको मासु नष्ट गर्न, मासु १ किलो ८०० ग्राम जफत गरि नष्ट गरिएको र तराजु थान–१ समेत जफत गरी ल्याएको वडानिरिक्षक रामकृष्ण प्रजापतिले बताए ।

अनुगमन टोलीले बाराही न्यू कोल्ड स्टोरमा मुल्य सूचि राख्न, मनपरि मुल्य नलिन सुझाव दियो भने साथीभाइ मासु पसलमा पसल नविकरण गर्न, माक्स, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, मासुको मनपरी मूल्य नलिन र मूल्य सूचि राख्न, मासु जालिले छोपेर राख्न र ढक तराजु नापतौल विभागमा नविकरण गर्न सुझाब दिएको छ ।


प्रकाशित मितिः बुधबार, वैशाख १०, १२:३४