काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ६४ हजार १२२ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ६४ हजार १२२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका १ जना, झापाका ३ जना, तेह्रथुमका १ जना, पाँचथरका २ जना, भोजपुरका १ जना, मोरङका ६३ जना र सुनसरीका ७ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका २ जना, पर्साका १४ जना, बाराका १ जना, रौतहटका २६ जना, सप्तरीका ५ जना, सर्लाहीका १० जना र सिराहाका १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ६०२ जना, काभ्रेका २ जना, चितवनका १५ जना, दोलखाका ४ जना, धादिङका २१ जना, नुवाकोटका १ जना, भक्तपुरका १०१ जना, मकवानपुरका २४ जना, ललितपुरका ६४ जना, सिन्धुपाल्चोकका ३ जना र सिन्धुलीका १ जना, तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३० जना, गोरखाका २ जना, तनहुँका १ जना, लमजुङका १८ जना, वाग्लुङका १ जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका १ जना, कपिलवस्तुका १२ जना, गुल्मीका ६ जना, दाङका ३ जना, नवलपरासीका १२ जना, पाल्पाका १२ जना, प्यूठानका ११ जना, बर्दियाका ६ जना, बाँकेका ३२ जना, रुपन्देहीका ११३ जना र रोल्पाका १ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका १ जना र सुर्खेतका २९ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १० जना, कैलालीका १२ जना र बझाङका १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३२५ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

मन्त्रालयका अनुसार क्वारेन्टिनमा ७ हजार ४५१ जना र सक्रिय संक्रमित १७ हजार ४७८ जना रहेका छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ४६ हजार २३३ पुगेको छ ।


प्रकाशित मितिः आइतबार, असोज ४, २०७७, १८:२९