काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख १७ हजार ९९६ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल २ हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज काठमाडौंमा ९९६ जना, भक्तपुरमा १०२ जना तथा ललितपुरमा ३५० जना गरी १ हजार ४०३ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६७५ पुगेको छ ।


पछिल्लो २४ घण्टामा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १२ लाख २१ हजार ३८ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ६६५ जना र सक्रिय संक्रमित ३६ हजार ३६७ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ८० हजार ९५४ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २८ बुधबार, १६:४७