काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८९ हजार २६३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ९३७ जना महिला र १ हजार ५०३ जना पुरुष गरी कूल २ हजार ४४० जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका १ जना, उदयपुरका ५ जना, ओखलढुंगाका ३ जना, खोटाङका ३ जना, झापाका ८ जना, तेह्रथुमका १ जना, धनकुटाका १ जना, मोरङका ५५ जना, संखुवासभाका १ जना र सुनसरीका १२२ जनामा तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका १ जना, पर्साका ८ जना, बाराका ८ जना, महोत्तरीका २ जना, रौतहटका ८४ जना, सप्तरीका ५ जना, सर्लाहीका ९ जना र सिराहाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १ हजार १८७ जना, काभ्रेका ३६ जना, चितवनका १०३ जना, दोलखाका १ जना, धादिङका १२ जना, नुवाकोटका १० जना, भक्तपुरका १०३ जना, मकवानपुरका १५ जना, रामेछापका १२ जना, ललितपुरका २५० जना, सिन्धुपाल्चोकका ५ जना र सिन्धुलीका २ जनामा तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३६ जना, गोरखाका १७ जना, तनहुँका १० जना, नवलपरासी पूर्वका ६६ जना, पर्वतका ३ जना, लमजुङका २ जना, वाग्लुङका १८ जना र स्याङ्जाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका १३ जना, कपिलवस्तुका ८ जना, गुल्मीका १७ जना, दाङका ६ जना, नवलपरासीका ५ जना, पाल्पाका ६ जना, प्यूठानका ५ जना, बर्दियाका ८ जना, बाँकेका २२ जना र रुपन्देहीका ५८ जनामा, कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका १ जना, दैलेखका ३ जना, रुकुम पश्चिमका १ जना, सल्यानका १ जना र सुर्खेतका ३० जनामा तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १ जना, कञ्चनपुरका ६ जना, कैलालीका ३३ जना, डडेलधुराका २ जना, डोटीका २ जना, दार्चुलाका २ जना, बझाङका १ जना, बाजुराका १ जना र बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार ७८१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ३३ जना र सक्रिय संक्रमित २३ हजार ५०७ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ६५ हजार २०२ पुगेको छ भने मृत्यु हुनेको संख्या ५५४ जना रहेको छ ।


प्रकाशित मितिः सोमबार, असोज १९, २०७७, १७:०१