काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ७ हजार ७५५ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७०२ जना महिला र १ हजार ३६९ जना पुरुष गरी कूल २ हजार ७१ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका १२ जना, ओखलढुंगाका १ जना, झापाका १ जना, मोरङका ३ जना र संखुवासभाका १ जनामा तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका २ जना, पर्साका १ जना, बाराका ११ जना, महोत्तरीका १३ जना, रौतहटका ४ जना, सप्तरीका २८ जना, सर्लाहीका ३ जना र सिराहाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १ हजार १४५ जना, काभ्रेका ४ जना, चितवनका ३ जना, दोलखाका ३ जना, धादिङका ६ जना, नुवाकोटका २५ जना, भक्तपुरका ११० जना, मकवानपुरका ५ जना, रामेछापका ४ जना, ललितपुरका १६१ जना र सिन्धुपाल्चोकका ४ जनामा तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २४ जना, गोरखाका २० जना, तनहुँका १ जना, नवलपरासी पूर्वका ३ जना, पर्वतका १ जना, लमजुङका ९ जना, वाग्लुङका ३६ जना र स्याङ्जाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशका जिल्लाहरुमा अर्घाखाँचीका ३४ जना, कपिलवस्तुका १० जना, गुल्मीका ४ जना, दाङका ३२ जना, नवलपरासीका १३ जना, पाल्पाका २ जना, प्यूठानका ३ जना, बर्दियाका १०४ जना, बाँकेका २० जना, रुकुम पूर्वका २ जना, रुपन्देहीका ९८ जना र रोल्पाका १ जनामा, कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका २ जना, जुम्लाका १ जना, डोल्पाका ३ जना, दैलेखका ९ जना, रुकुम पश्चिमका ९ जना, सल्यानका २ जना र सुर्खेतका २ जनामा तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १ जना, कञ्चनपुरका १७ जना, कैलालीका ३६ जना, डोटीका १० जना, दार्चुलाका १ जना र बैतडीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या ११ लाख ७६ हजार ९८४ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ६१३ जना र सक्रिय संक्रमित ३१ हजार ३१५ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ७५ हजार ८०४ पुगेको छ भने मृत्यु हुनेको संख्या ६३६ जना रहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २५ आइतबार, १६:५७