काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ११ हजार ८०२ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६५ जना महिला र २ हजार ४८२ जना पुरुष गरी कूल ४ हजार ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका ५ जना, उदयपुरका २ जना, ओखलढुंगाका २ जना, खोटाङका २ जना, झापाका ७१ जना, तेह्रथुमका १ जना, धनकुटाका १ जना, पाँचथरका २ जना, भोजपुरका १ जना, मोरङका २२३ जना, संखुवासभाका १ जना, सुनसरीका २४९ जना र सोलुखुम्बुका १ जनामा तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका २५ जना, पर्साका १७ जना, बाराका ११ जना, महोत्तरीका ८ जना, रौतहटका १३ जना, सप्तरीका २१ जना, सर्लाहीका ८ जना र सिराहाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १ हजार ८८८ जना, काभ्रेका ९० जना, चितवनका ७७ जना, दोलखाका ७ जना, धादिङका १२ जना, नुवाकोटका ११ जना, भक्तपुरका ११८ जना, मकवानपुरका ७५ जना, रसुवाका ६ जना, रामेछापका १४ जना, ललितपुरका २७७ जना, सिन्धुपाल्चोकका २५ जना र सिन्धुलीका १ जनामा तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ७६ जना, गोरखाका ३ जना, तनहुँका ३७ जना, नवलपरासी पूर्वका ६५ जना, पर्वतका १ जना, मस्ताङका १ जना, म्याग्दीका १ जना, लमजुङका २१ जना, वाग्लुङका ८ जना र स्याङ्जाका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशका जिल्लाहरुमा अर्घाखाँचीका ८ जना, कपिलवस्तुका ८ जना, गुल्मीका १० जना, दाङका १३ जना, नवलपरासीका २४ जना, पाल्पाका १४ जना, प्यूठानका २६ जना, बर्दियाका २६ जना, बाँकेका ४५ जना, रुपन्देहीका १२५ जना र रोल्पाका २ जनामा, कर्णाली प्रदेशका जिल्लाहरुमा जुम्लाका ९ जना, दैलेखका १३ जना, सल्यानका ३ जना, सुर्खेतका १०१ जना र हुम्लाका ४ जनामा तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ३ जना, कञ्चनपुरका १८ जना, कैलालीका ६५ जना, डडेलधुराका ६ जना, डोटीका १ जना, दार्चुलाका ६ जना, बझाङका ४, बाजुराका १ जना र बैतडीका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या ११ लाख ९१ हजार ५१४ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ८३१ जना र सक्रिय संक्रमित ३३ हजार ८८० जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ७७ हजार २७७ पुगेको छ भने मृत्यु हुनेको संख्या ६४५ जना रहेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २६ सोमबार, १६:५१