काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ६७६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ७३२ जना महिला र १ हजार ३२७ जना पुरुष गरी कूल २ हजार ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा उदयपुरका १ जना, खोटाङका ३ जना, झापाका ८ जना, धनकुटाका २ जना, भोजपुरका १ जना, मोरङका ८६ जना, संखुवासभाका १ जना र सुनसरीका २६ जनामा तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका ३ जना, पर्साका १५ जना, बाराका ११ जना, महोत्तरीका १७ जना, रौतहटका ९ जना, सप्तरीका १ जना, सर्लाहीका ७ जना र सिराहाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका १ हजार ११६ जना, काभ्रेका ४० जना, चितवनका ५१ जना, दोलखाका ३ जना, धादिङका ७ जना, नुवाकोटका ४ जना, भक्तपुरका १३० जना, मकवानपुरका ६९ जना, रामेछापका १९ जना, ललितपुरका १६३ जना, सिन्धुपाल्चोकका ६ जना र सिन्धुलीका ११ जनामा तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका २८ जना, गोरखाका १२ जना, तनहुँका ८ जना, नवलपरासी पूर्वका २५ जना, पर्वतका ३ जना, लमजुङका ३ जना, वाग्लुङका २ जना र स्याङ्जाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, लुम्बिनी प्रदेशका जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका १ जना, गुल्मीका ५ जना, दाङका ६५ जना, पाल्पाका २ जना, प्यूठानका ३ जना, बर्दियाका ९ जना, बाँकेका ४५ जना, रुकुम पूर्वका २ जना, रुपन्देहीका ३ जना र रोल्पाका २ जनामा, कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका ५ जना, दैलेखका ८ जना, रुकुम पश्चिमका १ जना, सल्यानका ३ जना र सुर्खेतका ३ जनामा तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कञ्चनपुरका २ जना, कैलालीका २ जना, डोटीका १ जना र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ७०३ जना र सक्रिय संक्रमित २७ हजार ५३ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ७३ हजार २३ पुगेको छ भने मृत्यु हुनेको संख्या ६०० जना रहेको छ ।


प्रकाशित मितिः शुक्रबार, असोज २३, २०७७, १६:५५