काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख २१ हजार ७४५ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल ३ हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज काठमाडौंमा १ हजार ६९२ जना, भक्तपुरमा १३४ जना तथा ललितपुरमा १०८ जना गरी १ हजार ९३५ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १९ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।


पछिल्लो २४ घण्टामा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १२ लाख ३७ हजार ६३६ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ८२५ जना र सक्रिय संक्रमित ३६ हजार ५३३ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ८४ हजार ५१४ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २९ बिहीबार, १६:३६