काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ९४ हजार २५३ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ५६१ जना महिला र २ हजार ८०३ जना पुरुष गरी कूल ४ हजार ३६४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका १२ जना, उदयपुरका ३२ जना, ओखलढुंगाका ४ जना, खोटाङका ४ जना, झापाका ५५ जना, ताप्लेजुङका ६ जना, तेह्रथुमका ३ जना, धनकुटाका ३ जना, पाँचथरका २ जना, भोजपुरका ४ जना, मोरङका २४९ जना, संखुवासभाका ३ जना, सुनसरीका २१४ जना र सोलुखुम्बुका २ जनामा तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका २८ जना, पर्साका ११ जना, बाराका १४ जना, महोत्तरीका ७ जना, रौतहटका १८ जना, सप्तरीका २५ जना, सर्लाहीका १४ जना र सिराहाका ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २ हजार ८५ जना, काभ्रेका २९ जना, चितवनका ६९ जना, दोलखाका १ जना, धादिङका ७१ जना, नुवाकोटका ३ जना, भक्तपुरका १३५ जना, मकवानपुरका १०५ जना, रामेछापका ५ जना, ललितपुरका ३२० जना, सिन्धुपाल्चोकका १३ जना र सिन्धुलीका ३ जनामा तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका १९ जना, गोरखाका ११ जना, तनहुँका १० जना, नवलपरासी पूर्वका २८ जना, पर्वतका १ जना, लमजुङका ३ जना, वाग्लुङका १२ जना र स्याङ्जाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका २७ जना, कपिलवस्तुका ७ जना, गुल्मीका १८ जना, दाङका ५५ जना, नवलपरासीका २१ जना, पाल्पाका २१ जना, प्यूठानका १ जना, बर्दियाका १० जना, बाँकेका ५७ जना, रुपन्देहीका १९९ जना र रोल्पाका १ जनामा, कर्णाली प्रदेशका जिल्लाहरुमा कालिकोटका ६ जना, जुम्लाका ६ जना, डोल्पाका ३ जना, दैलेखका ४ जना, रुकुम पश्चिमका ५ जना, सल्यानका ४ जना, सुर्खेतका १०६ जना र हुम्लाका ३ जनामा तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका १० जना, कञ्चनपुरका २१ जना, कैलालीका ७५ जना, डडेलधुराका १ जना, डोटीका ७ जना, बझाङका १ जना र बैतडीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १८ हजार ४७३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ४६० जना र सक्रिय संक्रमित २६ हजार ६८४ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ७१ हजार ३४३ पुगेको छ भने मृत्यु हुनेको संख्या ५९० जना रहेको छ ।


प्रकाशित मितिः बिहीबार, असोज २२, २०७७, १७:०५