काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ३९ हजार १२९ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल ३ हजार ९३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज काठमाडौंमा १ हजार ४३१ जना, भक्तपुरमा १४८ जना तथा ललितपुरमा १२३ जना गरी १ हजार ७०२ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७६५ पुगेको छ ।


पछिल्लो २४ घण्टामा १३ हजार ८३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १३ लाख १४ हजार ७७९ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार २२० जना र सक्रिय संक्रमित ४१ हजार ७७५ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ९६ हजार ६०९ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ४ मंगलबार, १७:०२