काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ५५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख १५ हजार ३५८ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल ३ हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज काठमाडौंमा १ हजार ७४६ जना, भक्तपुरमा १६७ जना तथा ललितपुरमा २१६ जना गरी २ हजार १२९ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।


पछिल्लो २४ घण्टामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १२ लाख ७ हजार ९१ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ७९५ जना र सक्रिय संक्रमित ३५ हजार ९१५ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ७८ हजार ७८० पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल असोज २७ मंगलबार, १८:३१