काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ७४३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १ लाख ४४ हजार ८७२ जना पुगेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कूल ५ हजार ७४३ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा आज काठमाडौंमा २ हजार ३९१ जना, भक्तपुरमा १७३ जना तथा ललितपुरमा ५४३ जना गरी ३ हजार १०७ जनामा संक्रमण देखिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) का कारणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।


पछिल्लो २४ घण्टामा २० हजार ११८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म आर टी र पी सी आर परीक्षण गर्नेको संख्या १३ लाख ३४ हजार ८९७ पुगेको छ ।

मन्त्रालयका अनुसार क्वारेन्टाइनमा ४ हजार ६५ जना र सक्रिय संक्रमित ४४ हजार ४७६ जना रहेका छन् ।

हालसम्म डिस्चार्ज हुनेको कुल संख्या ९९ हजार ६०५ पुगेको छ ।


प्रकाशित मितिः २०७७ साल कार्तिक ५ बुधबार, १६:३९