काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २०१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ५३ हजार १२० जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या ५३ हजार १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

उनका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका १ जना, उदयपुरका १ जना, ओखलढुंगाका १ जना, झापाका १ जना, मोरङका ५८ जना र सुनसरीका १४ जना तथा प्रदेश २ का जिल्लाहरुमा धनुषाका १ जना, पर्साका १० जना, बाराका १५ जना, महोत्तरीका ८ जना, रौतहटमा ४ जना, सप्तरीका १० जना, सर्लाहीका ८३ जना र सिराहाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


यस्तै, बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७७ जना, काभ्रेका २ जना, चितवनका ९२ जना, दोलखाका १ जना, नुवाकोटका १ जना, भक्तपुरका १७ जना, मकवानपुरका १०७, रामेछापका ७ जना, ललितपुरका ३७ जना, सिन्धुपाल्चोकका १ जना र सिन्धुलीका १ जना तथा गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ३५ जना, गोरखाका ६ जना, तनहुँका १ नवलपरासी पूर्वका ५१ जना, लमजुङका ६ जना, वाग्लुङका ३ जना र स्याङ्जाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी, प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २२ जना, दाङका २४ जना, नवलपरासीका ३ जना, पाल्पाका ९ जना, प्यूठानका १ जना, बर्दियाका १८ जना, बाँकेका ३२ जना, रुकुम पूर्वका २ जना, रुपन्देहीका ८१ जना र रोल्पाका ८ जना, कर्णाली प्रदेशका जिल्लाहरुमा दैलेखका ५ जना र सुर्खेतका १८ जना तथा सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कञ्चनपुरका ८ जना, कैलालीका ४ जना, डडेलधुराका २ जना र डोटीका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १७६ जनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार २०१ जनामा कोरोना पोजेटिभ देखिएको हो ।

उनका अनुसार क्वारेन्टिनमा ६ हजार ३५४ जना र सक्रिय संक्रमित १५ हजार २६० जना रहेको छन् ।

डिस्चार्ज हुनेको कुल संख्या ३७ हजार ५२४ पुगेको छ ।


प्रकाशित मितिः शनिबार, भदौ २७, २०७७, १७:३०